काठमाडौ, १५ जेठ । बिहिबार एकैदिन थप १ सय ५६ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । बिहीबार विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा २ सप्तरीका जनामा पोजेटिभ देखिएको छ ।
यस्तै कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २५ जनामा संक्रमण देखिएको मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । यस्तै भरतपुर अस्पतालमा नवलपुरका १ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा गरिएको परीक्षणमा ७७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
जसमा धनुषाका ४ वर्षिया बालिका सहित २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिराहका ६ जना , दोलखाका २ जना र सोलुखुम्बुका १ जनामा पोजेटिभ देखिएको हो । यस्तै सुर्तेतमा गरिएको परीक्षणमा २३ जनाको पोजेटिभ आएको छ । जसमा बझाङका १ जना सुर्खेतका २ वर्षिया बालिका सहित १३ र दैलेखका ८ जना रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।
गण्डकी प्रदेशको प्रयोगशालामा गरिउको परीक्षणमा ३ जनाको पोजेटिभ देखिएको छ । हेटौडामा भएको परीक्षणमा हेटौडाका एक, भेरी अस्पतालमा गरीएको परीक्षणमा बर्दियाका ३ र नेपालगञ्जका १ जनामा गरी ४ जनामा पोजेटिभ देखिएको छ । यस्तै धुलिखेलमा भएको परीक्षणमा रौतहटका १७ जनामा पोजेटिभ देखिएको छ । सुदूरपचिमा थप ३ जनामा संक्रमण देखिएको छ । दार्चुलाका १ र कैलालीका २ जना रहेका छन् ।