विश्व क्रिकेट सुचारु गर्न नयाँ 'गाइडलाइन' सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

विश्व क्रिकेट सुचारु गर्न नयाँ ‘गाइडलाइन’ सार्वजनिक

icc

एजेन्सी, १० जेठ । कोरोनाका कारण स्थगित अवस्थामा रहेको विश्व क्रिकेट सुचारुका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नयाँ गाइडलाइन सार्वजनिक गरेको छ । कोरोनापछि फर्किनका लागि विभिन्न देशले आफ्नो तयारी गरिरहेका बेला आइसीसीले पनि सबै देशका लागि लागु हुनेगरि गाइडलाइन सार्वजनिक गरेको हो ।

जसमा मुख्यगरि तीन वटा बुँदाहरु महत्वुर्ण रहेको छ । जुन सबै क्रिकेट खेल्ने देशले मान्नुपर्ने छ । पहिलो खेलाडी, प्रशिक्षक र स्टाफको सुरक्षा पहिलो प्राथिमकतामा राख्नुपर्ने बताएको छ । कुनैपनि रिस्क नलिई क्रिकेटलाई सुचार गर्न सकिने आइसीसीको भनाई रहेको छ । यस्तै क्रिकेट वातावरण नै खलबलिने तरिकाले केहि गतिविधी नगर्न, सबै चुनौतीलाई पुरा गरेर मात्र क्रिकेट खेल वा प्रशिक्षण सुचारु गर्न सकिने बताइएको छ ।

दोस्रो क्रिकेट सुचारु गर्नुभन्दा अगाडी सरकारको अनुमती लिनुपर्ने बताइएको छ । सरकारको अनिमती विना आफ्नो तरिकाले गतिविधी नगर्न भनिएको छ । तेस्रो क्रिकेटको माध्यमबाट सचेतना र समाजमा पोजेटिभ म्यासेज जाने कुरामा ध्यान दिन आवश्यक रहेको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);