हङ्‌कङमा देशद्रोह रोक्न विवादास्पद कानुन लागु गर्ने चीनको तयारी | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

हङ्‌कङमा देशद्रोह रोक्न विवादास्पद कानुन लागु गर्ने चीनको तयारी

एजेन्सी, ९ जेठ। चीन सरकारले हङ्कङको न्याश्नल पीपल्स कङ्ग्रेस भनिने सर्वोच्च संसदीय अङ्गमा विवादास्पद सुरक्षा कानुन प्रस्तुत गर्ने भएको छ।
यसलाई हङ्कङमा यो वर्षकै सबैभन्दा महत्वपूर्ण राजनीतिक घटना हुने बताइएको छ।

हङ्कङको संविधानमा देशद्रोह र राज्य टुक्र्याउने गतिवधि रोक्न सुरक्षा कानुन बनाइने उल्लेख भए पनि यस्तो कानुन अहिलेसम्म बनाइएको थिएन र अहिले त्यही बुँदामा टेकेर चीनले नयाँ कानुन बनाउन खोजेको छ।

हङ्कङ चीनको विशेष प्रशासनिक क्षेत्र हो र सन् १९९७ मा ब्रिटेनले फिर्ता दिएपछि हङ्कङमा ’एक देश, दुई प्रणाली’का आधारमा केही विषयमा चीनमा भन्दा बढी स्वतन्त्रता छ।

गत वर्ष हङ्कङमा प्रजातान्त्रिक सुधारको माग गर्दै हिंसात्मक आन्दोलन भड्किएको थियो र चीन यस्ता आन्दोलनलाई रोक्न सुरक्षा कानुन बनाउन चाहन्छ ।

तर प्रजातन्त्रवादी नेताहरूले यस्तो कानुन ल्याउन खोज्नु हङ्कङको इतिहासको सबैभन्दा दुखद घटना भएको बताएका छन् ।