अस्पतालबाट कोरोना संक्रमितको शव उठेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अस्पतालबाट कोरोना संक्रमितको शव उठेन

death body

बुटवल, ९ जेठ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शव चौबीस घण्टासम्म उठ्न सकेको छैन । जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत ४१ वर्षका बिरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो।

सुरुमा ज्वरोको समस्या देखिएका मृतकले गाउँकै पोलिक्लिनिकमा चेकजाँच गराएर टाइफाइडको औषधि खाएका थिए । वैशाख ३० गते रातिदेखि नै वान्ता भएपछि जेठ १ गते अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा जाँदा जण्डिस बिग्रिएको भनी रेफर गरिएको थियो ।

जेठ १ गते नै क्रिमसन अस्पताल आएका उनमा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम, निमोनिया र मुटुको समस्या देखिएको क्रिमसन अस्पतालले जनाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);