कोरोनाको जोखिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरोनाको जोखिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु

काठमाडौ, ९ जेठ ।  पहिलो अग्रपंक्ति रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुमा कोरोना भाइरसको जोखिम बढेको छ । पछिल्लो तथ्याङ्क अनुसार नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु बढी जोखिममा देखिएका छन् । लक डाउनको ५९ औँ दिनसम्म आइपुग्दा उपत्यकामा मात्रै २ जनामा प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण देखिएका अन्य जिल्लामा पनि सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छ ।

लक डाउनको लामो समयसम्म चुपचाप बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय परीक्षणको दायरा बढाएको छ । जोखिममा रहेर पहिलो अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको अवस्थालाई मध्यनजर गर्दै पीसीआर र आरडिटी परीक्षणलाई तिव्रता दिइएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताउनुभयो ।

कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुनु भन्दा पहिले सुरक्षाकर्मीको सम्पर्कमा बढी आउने भएकाले सुरक्षाकर्मीहरुमा संक्रमण जोखिम बढेको उहाँले बताउनुभयो । सीमा नाकामा नागरिकहरुको व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थापनमा बढी खटिनुपर्ने भएकाले भौतिक दुरी कायम गर्न, ड्युटीमा रहेको समयमा पनि स्यानिटाइजरको प्रयोग लगायत अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन उहाँले आग्रह गर्नुभयो ।

सह प्रवक्ता अधिकारीले स्वास्थ्यकर्मीहरुलाई समेत सावधान भएर उपचारमा खटिन आग्रह गर्नुभएको छ । आफुले जानेका कुराहरु सावधानिका साथ व्यवहारमा लागु गर्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्रालयका अनुसार अहिले सम्म काठमाडौंमा २, कपिलवस्तुमा २, धनकुटा र बारामा १÷१ जनामा प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यस्तै काठमाडौं, भक्तपुर, सुनसरी र कपिलवस्तुमा १÷१ जना सशस्त्र प्रहरीलाई पनि संक्रमण देखिएको छ । प्रदेशन नम्बर २ मा भने नेपाली सेनाका २ जना अधिकारीहरुलाई संक्रमण पुष्टि भइसकेको छ ।

फिल्डमा कम जनशक्ति परिचालन गर्ने र कार्यावधि बढाउई सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले निर्देशन पनि दिएका छन् । बुधबार महानगरीय प्रहरी वृत कालिमाटी अन्तर्गत खटिएका २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यसबाट सुरक्षाकर्मीहरुले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएर मात्र काम गर्नुपर्ने देखिन्छ । प्रहरी मुख्यालयले पनि सोही अनुसार नै काम गर्न निर्देशन दिइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);