एजेन्सी, ९ जेठ । विश्वमा ५१ लाख ८८ हजार ७ सय ५ कोरोना संक्रमित रहेका छन् । यस भाइरसका कारण विश्वका ३ लाख ३४ हजार ५७ जनाले ज्यान गुमाएका छन् । यसका साथै २० लाख ७८ हजार ४ सय ८७ जना निको भएका छन् ।
यो भाइरसले विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा सबैभन्दा बढी प्रभावित बनाएको छ । अमेरिकामा १६ लाख १९ हजार ९ सय ८५ जना कोरोना संक्रमित रहेका छन् ।
यस भाइरसले अमेरिकामा ९६ हजार २ सय ८० जनाको ज्यान लिएको छ । ३ लाख ८२ हजार १ सय १७ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।
यस भाइरसविरुद्ध भ्याक्सिन निर्माणको परीक्षण जारी छ भने पूरा विश्वको लक्ष्य नै कसरी यस भाइरसलाई निर्मूल पार्न सकिन्छ भन्नेतर्फ छ ।