कोरोना भाइरस: २५ लाख ५७ हजार १ सय ८३ जना संक्रमित, भारतमा २० हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कोरोना भाइरस: २५ लाख ५७ हजार १ सय ८३ जना संक्रमित, भारतमा २० हजार नाघ्यो

corona

एजेन्सी, १० वैशाख । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ ।

विश्वभर यस भाइरसबाट लाखौं मानिहरु संक्रमित बनेका छन् भने लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । विश्वभर २५ लाख ५७ हजार १ सय ८३ जनामा कोरोनाको संक्रमण रहेको छ ।

१ लाख ७७ हजार ६ सय ४१ जनाको यस भाइरसका कारण ज्यान गएको छ भने ६ लाख ९० हजार ४ सय ४५ जना पूर्ण रुपमा निको भएका छन् । छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण बढ्दो छ । २० हजार ८० जनामा कोरोनाले संक्रमण गराएको छ ।

कोरोना भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगेको छ । यता ३ हजार ९ सय ७५ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । भारत पूर्ण रुपमा लकडाउन रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);