भारतबाटै आएका थिए झापाका १५ कोरोना संक्रमित

झापा,८ जेठ। झापाको कचनकबल गाउँपालिकामा बिहीबार थपिएका १५ जना कोरोना संक्रमण पनि भारतबाटै नेपाल आएको पाइएको छ । भारतले मजदुर उद्धारका लागि रेल सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

उनीहरु पछिल्लो एक साताको अवधिमा नेपाल छिरेका व्यक्ति हुन् । उनीहरुलाई सीमा क्षेत्रबाट सीधै क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

हालसम्म भारतबाट झापा आएका २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघिका दुई संक्रमित दमक र बाह्रदशी गाउँपालिकाका एक एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । दुवै जना निको भएर घर फर्किसकेका छन् ।

Related Post
Share

This website uses cookies.