काठमाडौं, ८ जेठ । कोरोना भाइरसको महामारीले उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १२, भक्तपुरमा ५ र ललितपुरमा २ जना गरी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १९ पुगेको हो ।
जसमध्ये काठमाडौंका ५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अन्यको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।