काठमाडौं, ५ जेठ । आइतबार साँझ थप ३ (तीन) जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वि.पी. कोइराला स्वास्थ्य विग्यन प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ९५ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप ३ जना कोरोना संक्रमण पुष्टि भएको हो । जो धनकुटा निवासी ३४ वर्षिय महिला, मोरङ् , बिराटनगर निवासी २९ वर्षिया महिला र ३६ वर्षिय पुरुष कोरोना संक्रमण पुष्टि भएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।