लकडाउन १५ दिन लम्बियो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लकडाउन १५ दिन लम्बियो

ktm

काठमाडौं, ५ जेठ । सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप भएको छ । पछिल्लो पटक थपिएको समय जेठ ५ सम्म थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);