एजेन्सी, ३ जेठ । ब्राजिलका स्वास्थ्य मन्त्री नेल्सन तेइचले पदबाट राजीनामा दिनुभएको छ । कोरोना भाइरसको महामारीविरुद्ध सरकारले गरिरहेका काममा असन्तुष्टि जनाउँदै उहाँले राजीनामा दिनुभएको हो ।
कोरोना नियन्त्रणमा भइरहेका काममा चित्त नबुझेपछि स्वास्थ्यमन्त्री नेल्सन तेइचले जिम्मेवारी सम्हालेको झण्डै एक महिनामा नै राजीनामा दिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । उहाँले कोरोना भाइरसको महामारीकाबीच राष्ट्रपति जायर बोल्सोनारोले जिम र ब्यूटीपार्लर खुलाउने निर्णय गरेपछि असन्तुष्टि जनाउदैं आउनुभएको थियो ।
गत मार्च १५ मा राष्ट्रपति जायर बोल्सोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिके मान्देतालाई बर्खास्त गरी नेल्सनलाई स्वास्थ्यमन्त्री बनाउनु भएको थियो ।