एजेन्सी, २ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महामारीका लागि पुन: चीनको आलोचना गर्दै उससँग सम्बन्ध तोड्ने धम्की दिएका छन् ।
हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं , ‘ट्रम्पले अन्तराष्ट्रिय संचारमाध्यमसँग भनेका छन्। ट्रम्पको इशारा चीनसँगको द्वीपक्षीय व्यापारमा अमेरिकाको विशाल घाटातर्फ थियो ।
पछिल्लो केही समयदेखि अमेरिकाले चीनमाथि भाइरसका लागि क्षतीपूर्ती दिनका लागि दबाब बनाइरहेको छ ।अमेरिकाले चीनमाथि महामारीको सुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ । तर चीनले भने यो आरोप लगातार अस्विकार गर्दै आएको छ ।
ट्रम्पको चीन–विरोधी याे बयानलाई भने मानिसहरुले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको रणनीतिको रुपमा हेरिरहेका छन् ।