काठमाडौं, ३१ वैशाख । नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भीम रावलका सुरक्षागार्डलाई कोरोना संक्रमण देखिएको छ । भक्तपुरको दुवाकोटतिर बसोबास गर्ने उनलाई स्थानीय समुदाय कोरोना सरेको हुन सक्ने नेता रावलको दाबी छ ।
कोरोना पोजेटिभ देखिएका ती सुरक्षाकर्मी एक महिनादेखि बिदामा बसेका कारण आफूसँग सम्पर्कमा नरहेको रावलले बताउनु भयो । श्रीमती बिरामी भएको हुँदा उनले बिदा लिएका थिए । केहीदिन अघि श्रीमतीलाई ठीक भएको र अब काममा आउँछु भनेर फोन गरेका थिए । कोरोना चेक गरेर मात्रै आउनू भनेपछि उनी चेक गर्न गएका रहेछन् । त्यसक्रममा कोरोना पोजेटिभ देखिएछ ।