लिपुलेकमा भारतको सडक: सार्वभौमिकताको अवमुल्यन | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

लिपुलेकमा भारतको सडक: सार्वभौमिकताको अवमुल्यन

nekapa-oli-dahal

काठमाडौं, २८ वैशाख । सत्तारुढ नेकपाले भारतले नेपालको लिपुलेक हुँदै निर्माण गरेको सडकले नेपालको सार्वभौमिकताको अवमुल्यन गरेको जनाएको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै नेपाल–भारतको सीमा विवाद जटिल बनाउने कुनै पनि कदम नचाल्न भारतलाई सचेत गराउनुभएको हो ।

जारी विज्ञप्तिमा भारत सरकारलाई सडक निर्माण कार्य तुरुन्त बन्द गर्न गर्नुका साथै भारत सरकारलाई दुई देशबीचको सीमा विवादलाई झन् जटिल बनाउने कुनै पनि कदम नचाल्न सचेत गराएको उल्लेख छ । नेकपाका अध्यक्षद्वयले नेपाल र भारत सरकारलाई सीमा विवाद कूटनीतिक तवरबाट समाधान गर्न पनि आग्रह गर्नुभएको छ । सुगौली सन्धि १८१६ लाई आधार मानेर दुवै देशबीचको सीमा तय भएकाले सोही आधारलाई मान्नुपर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);