विज्ञहरु भन्छन्– उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने, कृषि मुख्य प्राथमिकता (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

विज्ञहरु भन्छन्– उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने, कृषि मुख्य प्राथमिकता (भिडियोसहित)

forum

काठमाडौं, २६ वैशाख । वजेट अधिवेशन शुरु भइसकेको छ । आर्थिक गतिविधी सिथिल भएको यो घडीमा सरकारले के गर्न सक्छ ? उत्पादनका नयाँ मोडेलहरु के के हुन सक्छन् ? यी विषयमा हामीले व्यापक छलफल गरेका छौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका पूर्व सचिव एवं सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, अर्थविद् एंव राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाद्धारा माउण्टेन टेलिभिजनको ‘फोरम फर पव्लिक भ्वाइस’ कार्यक्रममा व्यक्त विचार ।

गर्भनर अधिकारी

बैंकलाई साना कर्जाका ग्राहक उति नै आवस्यक छ । अर्थतन्त्रलाई बंचाउनका लागि के गर्नुपर्छ भन्ने ध्यान दिन आवस्यक छ । राष्ट्र बैकले ल्याएको नीतिमा सबैलाई चित्त नबुझ्न सक्छ । राष्ट्र बैकले चालू आबको पहिलो ८ महिनाको समष्टिगत आर्थिक सूचक सार्बजनिक गरुन्जेल मुलुकको आर्थिक स्थिति सामान्य देखिन्छ ।

यस अबधीमा आयात २.६ प्रतिशतले घटेको र निकासी २२.३ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु ३७ अर्ब ८४ करोडले बचत छ । औषत मुद्रा स्फिति ६.५ प्रतिशत मै सिमित छ ।

पुर्व प्रमुख आयुक्त वास्कोटा

वैदेशिक रोजगारीबाट फर्किएर स्वदैशमै काम गर्ने, अदुवा, अलैची, मह, जडिबुटी, चिया, कफीको सामूहिक खेती गरी निकासी गर्नेहरुलाई जोगाउनपर्छ । साना व्यापारीको ¥याक खाली भएको छ, भर्नैपर्छ । साथै, स्थानीय स्रोत, साधन, सीप र नेपाली कला एबं संस्कृति झल्किने सामाग्री उत्पादन गर्ने उद्योगलाई प्राथमिकतामा राख्नै पर्छ । तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक लाभको क्षेत्रमा लगानी केन्द्रित गर्नेलाई पनि जगेर्ना गर्नेपर्छ ।

विदेशी मुद्रा आर्जन गर्ने क्षेत्र, विशेषगरी पर्यटन क्षेत्रलाई निरुत्साहित हुन दिनु हुदैन । यत्तिखेर, विश्वका सबै पर्यटकीय क्षेत्र सुनसान छन् । होटलका सबै कोठामा ताल्चा लागेको छ । हिमाल आरोहण, पदयात्रा, बंजी जम्पिंग, प्याराग्लाईडिंग, ¥याफ्टिंग कति अबधिका लागि बन्द हुने हुन अनुमान गर्न सकिने अवस्था छैन ।

कृषि उत्पादनको नोक्सानीको क्षतिपूर्ति दिनुपर्छ । यस अतिरिक्त नेपाली कागज र कागजका सामाग्री निर्माण गर्ने, सुगन्धित तेल, दाल, सुन्तला र हरियो तरकारी निकासी गर्ने तथा कलात्मक हस्तकलाका सामाग्री निर्माण गरी मुलुकलाई नै चिनाउने कार्यमा संलग्नहरु पनि विर्सन सकिन्न ।
डा शर्मा– नीजि क्षेत्रले के गर्छ ? अबको यो मुख्य बिषय हुन सक्छ । नीजि क्षेत्रको योगदान यस्तो समयमा कस्तो हुनुपर्छ त ? सरकार र नीजि क्षेत्रको लचकता हुन आवस्यक छ । बैंकले व्याजदर २ प्रतिशत छुट दिने भनेको छ ।

सरकारले वोलेका कुरा व्यवहारमा कार्यान्वयन हुनपर्छ । नीजि क्षेत्रका उधोगी व्यवसायी सेयरहोल्डरहरुलाई सन्तुलनमा राखन सरकारको भुमिका महत्वपुर्ण हुन्छ । लकडाउनसंगै अर्थतन्त्र जोगाउने अर्को चुनौती छ ।

मुरारका

 लकडाउनपछि उद्योग व्यवसाय कसरी खोल्ने यसमा व्यापक छलफल आवस्यक छ । कार्यरत कर्मचारीको विषय, कर सम्बन्धी विषय, नाफा, नोक्सान आदि सरकारले लेखाजोख गर्नुपर्छ । ऋण तिर्न‘पर्ने किस्ता, विजुलीको खपत , हाईड्रो पावर लगायतका नीजि क्षेत्रमा सरकारको नजर पुग्न आवस्यक छ । रोजगारको समस्या उस्तै छ । कामदारको हक,चैत सम्मको व्याज, भ्याट घटाउने वारेमा सरकारले स्पष्ट पार्नुपर्छ । दक्ष जनशक्ति निष्कृय हुने संभावना छ ।

वर्तमान अर्थतन्त्रका विभिन्न सवालमा गर्भनर अधिकारी, पूर्व प्रमुख आयुक्त वास्कोटा, डा. शर्मा र उद्योगी मुरारकासंग गरिएको विस्तृत कुराकानी तलको भिडियामा हेर्न सक्नुहुनेछ ।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार