योजना आयोगले लियो विज्ञसँग सुझाव | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

योजना आयोगले लियो विज्ञसँग सुझाव

काठमाडौं, ७ असार । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यतथा विज्ञहरुसँग सुझाव लिएको छ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१र८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको छ । १६ औँ योजना कस्तो बनाउनु पर्छ रुभन्ने विषयमा बुधबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर आयोगले आफ्ना पूर्व उपाध्यक्ष तथा विज्ञहरुसँग सुझाव लिएको हो ।

कार्यक्रममा अर्थमन्त्री समेत भइसकेका आयोगका पूर्व उपाध्यक्ष डा। युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेकापूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्री, पूर्व उपाध्यक्षहरु डा। पृथ्वीराज लिगल, डा. जगदिस चन्द्र पोखरेल, डा। दिनेशचन्द्र देवकोटा थिए । आयोगकापूर्व सदस्यतथा अर्थविद् डा. चन्द्रकान्त पौडेल, डा. जनकराजशाह, डा. गोविन्द नेपाल साथै त्रिभुवनविश्वविद्यालय मानविकी तथा समाजशास्त्र विभागकी डिन डा. कुसुमशाक्य र अर्थशास्त्र विभागप्रमुख डा.शिवराज अधिकारी लगायत उपस्थित थिए ।

आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले संरचनात्मक रुपान्तरणमार्फत सुशासन, समृद्धि र सामाजिक न्याय हासिलगर्ने राष्ट्रिय आकांक्षका साथ सोह्रौँ योजनाको तयारी सुरु गरेको जानकारी दिए । अर्थतन्त्रमा रहेकाचुनौतीहरुको सामनागर्दै सोह्रौँ योजनाको काम सम्पन्नगर्नुपर्ने भन्दै उपाध्यक्षश्रेष्ठले विज्ञहरुको सुझावलिएर काम अघि बढाइने बताए । आयोगले बुधबार पहिलो चरणको छलफल गरेको हो । यो छलफल शुक्रबारसम्मजारी रहनेछ ।

कसले के भने ?
आयोगकापूर्व उपाध्यक्ष समेत रहेकापूर्व अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वृद्धिको धेरै महंवकाक्षीलक्ष्य राख्ननहुने बताए । अहिलेको अवस्थामा बढीमा ७वा ७.५ प्रतिशतआर्थिक वृद्धिको लक्ष्य राखे पर्याप्तहुने उनको भनाइ छ । यदि ८ प्रतिशतको लक्ष्य राख्ने हो भने निर्यातमा पूर्ण रुपमाजोड गर्नुपर्ने उनले बताए ।

पूर्व अर्थमन्त्रीखतिवडाले सरकारले अघि सारेको गौरवकाआयोजनाको परिभाषा फेरिनु पर्ने तर्क गरेछन् । खतिवडालेविकासलाई सरकारले झनै कठिन बनाउँदै लगेको बताए । राष्ट्रिय गौरवकाआयोजनाभनिएकाआयोजनाहरु पनिगौरव गर्न लायक नरहेको उनले बताए ।

‘हामीले यति धेरै किसिमले डिभाइड गर्यौं हाम्राकार्यक्रमहरुलाई राष्ट्रिय गौरवकाभनेका छौं। गेम चेन्जर भनेका छौं, यो भनेका छौं अनित्यो भनेका छौं। विभिन्नकिसिमले गरेका छौं अनिकम्प्लिकेटेट बनाई राखेका छौं’ उनले भने ‘मेरो अनुरोध के हो भने हामीपनि सरकारमाबसीसकेका छौ । सबैभन्दा बढी गालीखाने भएको राष्ट्रिय गौरवकाआयोजनाले हो । मेरो अनुरोधमा चै त्यो राष्ट्रिय प्राथमिकताको आयोजनाभन्नुस् र अरुलाई सबैलाई छुट दिनुस् र यिनीहरुलाई प्राथमिकतादिनुस् र कार्यान्वयनगर्नुस् ।’

पूर्व उपाध्यक्ष पृथ्वीराजलिगलले तथ्यांकविभागप्रधानमन्त्रीकार्यालय किनलगियो भनेर प्रश्न गरे । उनले तथ्यांक्विभागआयोगमाताहत नै भएको भएहुने उत्तमहुने बताए । लक्ष्यअनुसारको आर्थिक वृद्धि नहुने गरेको भन्दै उनले आर्थिक वृद्धिको लक्ष्य ठिक्क मात्रै राख्नु उपर्युक्तहुने उनले बताए । कृषि क्षेत्र धेरै ठूलो क्षेत्र रहेको भन्दै उनले यस क्षेत्रका सम्भावनाहरुदलाई योजनाले समेट्नु पर्ने बताए ।

पूर्व उपाध्यक्ष डा। दिनेशचन्द्र देवकोटाले अनुदानको रकम दुरुपयोग रोक्ने र प्रविधिको प्रयोगलाई उच्चप्राथमिकतामा राखेर योजनाबनाउनु पर्ने बताए । पूर्व गभर्नर समेत रहेकापूर्व उपाध्यक्षदिपेन्द्र बहादुर क्षेत्रीले राष्ट्रिय योजनालार्य आयोगलाई वलियो बनाउनु पर्ने बताए । उनले अबका योजनाहरु उत्पादनमूखीहुनुपर्ने भन्दै हरेक ठाउँको माटो परीक्षण गरेर के उत्पादन हुन्छ त्यहीँबालीमात्रै उत्पादनगर्ने नीतिलिन् पर्ने बताए । वालीउत्पादनहुननसक्ने ठाउँहरुमा पशुपंक्षीपालनवाअन्य के विकल्प हुन्छ त्यसबारे सोच्नु पर्ने बताए । शिक्षा क्षेत्रमापनिनिकै ठूलो सुधारको आवश्यकता रहेको उनको भनाइ छ ।

पूर्व उपाध्यक्ष डा। जगदिशचन्द्र पोखरेल, पूर्व सदस्यहरु डा। जनकराजशाह, डा। गोविन्द नेपालले पनि योजनाबनाउदा भद्दा बनाउननहुने बताए । भिुवनविश्वविद्यालयमानविकीतथा समाजशास्त्रकी डिन डा। कुसुमशाक्यले सहकारी र बैंकमा ठूलो रकम रहेको भन्दै भएको पुँजीलाई उत्पादनशील क्षेत्रमालगाउनजोड दिनुपर्ने बताइन् । त्रिभुवनविश्वविद्यालय अर्थशास्त्रविभागकाप्रमुख डा। शिवराजअधिकारीले योजनाआयोगले प्रकशनगर्ने कितावहरु लोकसेवापास गर्नकालागिअध्इयनगर्न मात्रै उपयोगी रहेको भन्दै यसलाई उत्पादन र अर्थतन्त्रमा योगदानदिने खालको बनाउनजोड दिनु पर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);