कोरोना अपडेट: संक्रमित हुनेको संख्या ३८ लाख नाघ्यो, दुई लाख ६४ हजार बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

कोरोना अपडेट: संक्रमित हुनेको संख्या ३८ लाख नाघ्यो, दुई लाख ६४ हजार बढीको मृत्यु

corona

काठमाडौं, २५ वैशाख । कोरोना भाइरसको कारण विश्वभर संक्रमित हुनेको संख्या ३८ लाख नाघेको छ ।

दुई सय १२ वटा देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा संक्रमित हुनेको संख्या ३८ लाख १८ हजार सात सय ९१ पुगेको हो । संक्रमणको कारण अहिलेसम्म दुई लाख ६४ हजार ८ सय बढिको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितमध्ये १२ लाख ९९ हजार पाँच सय तीन जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । अमेरिकामा मात्रै १२ लाख ६३ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ७४ हजार सात सयभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म दुई लाख १२ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् । यता स्पेनमा दुई लाख ५३ हजार ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा २५ हजार ८ सयभन्दा धेरैको मृत्यु भएको छ । एक लाख ५९ हजार तीन सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

इटलीमा दुई लाख १४ हजार चार सयभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा २९ हजार आठ सयभन्दा धेरैको मृत्यु भएको छ । ९३ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् । बेलायतमा एक लाख एक हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ३० हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा २५ हजार ८ सय ९, जर्मनीमा ७ हजार दुई सय ७५, रुसमा एक हजार पाँच सय ३७ को मृत्यु भएको छ भने छिमेकी देश भारतमा ५० हजारभन्दा धेरैमा संक्रमित पुष्टि भएकोमा एक हजार सात सयभन्दा धेरैको मृत्यु भएको छ । १५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);