विपन्न वर्गको दैनिकी कष्टकर बन्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

विपन्न वर्गको दैनिकी कष्टकर बन्दै

bipanna barga

प्रकाश जोशी

काठमाडौं, २३ वैशाख । विश्वका अधिकांश देश लकडाउनमा छन् । नेपाल पनि डेढ महिनादेखि लकडाउनमा छ । लकडाउन विपत्तिको बेला हो । विपत्तिको बेला मुलुकका कमजोर वर्गको विषयमा राज्यको विशेष भूमिका हुनुपर्ने हो । तर, लकडाउनका कारण स्वदेश र विदेशमा रहेका लाखौ नेपालीको अवस्था नाजुक बन्दा पनि सरकारले प्रभावकारी भूमिका खेल्न सकेको छैन ।

लकडाउनका कारण दिनभरि काम गरेर बिहान र बेलुकीको जोहो गर्ने वर्गको दैनिकी निकै कष्टकर बन्दै गएको छ । सरकारले राहतको घोषणा गरेपनि विपन्न वर्गको दैनिकीमा सुधार हुन सकेको छैन । सरकारले उनीहरुका अपेक्षा उचित ढ»गले सम्बोधन गरिरहेको छैन ।त्यस्तै छिमेकी देश भारत लगायत तेश्रो मुलुकमा रहेका लाखौ नेपालीहरु अलपत्र रहेका छन् । तर, सरकारले सो्रत साधनको अभाव देखाउदै स्वदेश फर्काउन सकेको छैन । सरकारको उदाशिनताका कारण नागरिकले कष्टकर दैनिकी भोग्न परेको सरकारमाथि आरोप छ ।

तर,सत्तारुढ दलहरु राहत दिने र उद्दार गर्ने कार्यमा नलागेको आरोप अस्विकार्छन् । महामारीकोे संकट भएकाले राहत वितरणको कार्यमा केहि कमी भएपनि समग्रमा सरकारले कार्य गरेको उनीहरुको दाबी छ । विपत्तिको यो महासंकटमा विदेशबाट स्वदेश फर्काउनु सजिलो नभएको सत्तारुढको तर्क छ ।

श्रोत साधनको बाहनामा नागरिकलाई अलपत्र पार्नु कुनै पनि राज्यको दायित्व हुन सक्दैन, आफ्ना नागरिक स्वदेशमा होउन् या विदेशमा उनीहरुको लागि उद्दार र राहतमा राज्यले जिम्मेवारी लिनैपर्छ । यस्तो विपत्तिमा चाहिने भनेको नै राज्य हो ।ती कमजोर वर्गको अभिभावक पनि राज्य भएकोले विशेष पहल गरी आफ्ना नागरिकलाई राज्य भएको अनुभूति दिन सक्नु पर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);