एजेन्सी, २२ वैशाख । म्यानचेस्टर युनाइटेडले आफ्नो रंगशाला वल्र्ड ट्राफोर्डमा दर्शक प्रवेशमा रोक लगाउने भएको छ ।
कोरोना भाइरसको संक्रमणकाबीच फुटबल सुचारु भएपनि युनाइटेडले आफ्ना समर्थकलाई ६ महिनासम्म मैदानमा प्रवेशका लागि रोक लगाउने भएको हो । यो निर्णयसँगै अर्को सिजनसम्ममा कुनै पनि दर्शकले स्टेडियमा बसेर खेल हेर्न पाउने छैनन् ।
युनाइटेडले यो निर्णय गरेसँगै अन्य ठुला क्लवले पनि अर्को सिजनसम्ममा मैदानमा समर्थकको प्रवेशमा रोक लगाउने बताइएको छ । त्यो समयसम्ममा कोरोनाको भ्याक्सिन उपलब्ध हुने अनुमान उनीहरुको रहेको छ ।