एकल महिलाको समूहद्धारा विपत्तिमा परेकालाई खाना खुवाउँदै | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

एकल महिलाको समूहद्धारा विपत्तिमा परेकालाई खाना खुवाउँदै

akal mahila

प्रकाश जोशी

काठमाडौं, १८ वैशाख । लकडाउनको कारण ज्यालादारीमा जीवन चलाउनेहरुको दैनिकी कष्टकर बन्दै गएको छ । दिनभर काम गरेर बिहान बेलुका मामको जोहो गर्ने वर्ग समस्यामा परेको छ । यस्तै समस्यामा परेका वर्गका लागि राजधानीस्थित एक गैरसरकारी संस्था मानव अधिकारका लागि महिला एकल समूहले निशुल्क खाना खुवाउने प्रबन्ध गर्दै आएको छ ।

राजधानीस्थित मानव अधिकारका लागि महिला एकल समूहले अप्ठ्यारोमा परेकाहरुलाई निशुल्क खानाको प्रबन्ध गरेको छ । ज्यालादारीमा जीवन चलाउनेहरुको यतिबेला चुल्हो बल्न छोडेपछि सामाजिक संस्थाहरुले पनि राहतस्वरुप खानाको प्रबन्ध गरेका हुन् । विपन्न र गरिबहरुलाई संस्थाले दुई हप्ता पहिलेदेखि दैनिक खाना खुवाई रहेको छ । दैनिक हजार भन्दा बढीका लागि खानाको प्रबन्ध गरिएको छ ।

यो समय परोपकार, मानवीय उद्दार र सहयोगको समम हो । आर्थिक रुपले कमजोर वर्ग सबै भन्दा लकडाउनका कारण प्रभावित भएकोले ती वर्गका लागि सबैको साथ र सहयोग खाँचो छ । यस्तो विपत्तिमा एकल महिलाहरुको सक्रियतामा भोकाहरुको पेट भर्ने अभियान चलेको छ । एकल महिलाहरुको यो अभियानलाई स्थानीय यो प्रयासमा पुरुषहरुले समेत सहयोग गरिरहेका छन् ।

अपठ्यारोमा परेका मानिसहरुलाई खाना खुवाएर एकल महिला समुहले गरिरहेको कार्य सहनिय छ । एकल महिला समूहले जस्तै अन्यले पनि अनुसरण गर्न सकेमा विपत्तिमा परेकाहरुका लागि ठूलो राहत मिल्न सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);