विदेशमा अलपत्र नेपालीको समस्या तत्काल समाधान गर् : मानव अधिकार आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विदेशमा अलपत्र नेपालीको समस्या तत्काल समाधान गर् : मानव अधिकार आयोग

Rastriya-manab-adhikar-aayog

काठमाडौं, १६ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले अलपत्र गरेर विदेशमा रहेका हजारौं नेपाली कामदारको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण रोजगारी गुमाई तलब र खान–बस्नसमेत नपाई विदेशमा अलपत्र परिरहेका र संक्रमणको जोखिममा रहेका नेपालीको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

विदेशमा नेपाली कामदार गम्भीर समस्यामा रहेको विभिन्न माध्यमबाट जानकारी आइरहेको उल्लेख आयोगले तिनको समस्याबारे परराष्ट्र र श्रममन्त्रीसँग छलफल गरी तत्काल समाधान गर्न ध्यानाकर्षण गराइएको छ ।

आयोगले बंगलादेशसहित विश्वका विभिन्न मुलुकमा रहेका हजारौं नेपाली विद्यार्थीहरू खर्च अभावले अलपत्र र अप्ठ्यारोमा परिरहेको जानकारी आइरहेको उल्लेख गर्दै तिनको तत्काल उद्धार या समस्याको समाधान गर्न सरकारलाई सुझाएको छ ।

आयोगले विज्ञप्तिमा मुलुकका ७२ वटा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीहरू रहेका कारण सामाजिक दुरी पालना हुन नसकेकाले कोरोना संक्रमण हुन गएमा कारागारभित्रको स्थिति भयावह हुन सक्ने चेतावनी दिंदै त्यसतर्फ सचेत हुन सरकारलाई आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);