एजेन्सी, ३ असोज । बलिउडकी ड्रामा क्वीन राखी शावन्त आफ्नै अभिव्यक्तिको कारण पटक-पटक चर्चामा आउने गर्छिन् । हालै राखीले बलात्कारको मुद्दामा सजाय काटिरहेका गुरमीत रामरहीम सिंहको बारेमा अभिव्यक्ति दिएकी छिन् ।
राखीले भनेकी छिन् – ‘रामरहीम आफ्नी धर्मपुत्री हनीप्रित बिना बस्न सक्दैनन् । यि दुई बीच केही न केही सम्बन्ध पक्कै छ ।’ उसो त रामरहीम र हनीप्रितबीच अवैध सम्बन्ध रहेको आरोप समेत लागिसकेको छ ।
हरेक समयमा रामरहीमसँग हनीप्रित रहने भन्दै यस्तो किसिमको सम्बन्ध बाबु छोरीबीच हुन नसक्ने राखीले बताएकी छिन् । एक निमन्त्रणमा आफू डेरा सच्चा सौदामा गएको र त्यहाँ बाबा रामरहीमको गुफाको समेत अवलोकन गरेको राखीको भनाई छ । उक्त समय बाबाले राखीलाई रक्सी पिउन समेत प्रस्ताव गरेको उनले खुलासा गरेकी छिन् ।
डेरा भित्र जतिपनि महिला भक्त थिए, उनीहरु सबैले घुम्टोले टाउको छोपेको र रामरहीम ती महिलाहरुलाई नसालु पदार्थ पिउन लगाउने समेत राखीले बताएकी छिन् ।




