कपिलवस्तु, ३ बैशाख । कपिलवस्तुको सुरक्षा संयन्त्रको टोलीले जिल्लाको तौलिहवा, डुमरा, पचेहरा लगायतका सार्वजनिक स्थलको अनुगमन गरेको छ । धार्मिक तथा अन्य सामुहिक भेला हुन सक्ने भन्दै संयन्त्रले अनुगमन गरेको हो ।
गृह मन्त्रालयले दिएको निर्देशनका आधारमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल नेतृत्वको टोलीले मन्दिर, मस्जिद, मदरसा र चर्चको स्थलगत अनुगमन गरेको हो । धार्मिक स्थानमा भीडभाड नगर्न तथा घरमै बसेर पुजा, प्रार्थना र नवाज पढन टोलीले निर्देशन दिएको छ ।
टोलीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखको सहभागीता रहेको छ ।