एएफसीको मे र जुन महिनामा हुने सबै फुटबल प्रतियोगिताहरु स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

एएफसीको मे र जुन महिनामा हुने सबै फुटबल प्रतियोगिताहरु स्थगित

AFC

एजेन्सी, ३ वैशाख । एशियन फुटबल महासंघ एएफसीले मे र जुन महिनामा हुने भनिएका सबै फुटबल प्रतियोगिताहरु स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमणको क्रम नघटेपछि एएफसीले दोस्रो पटक आफ्ना प्रतियोगिताको मिती सारेको हो ।

एशियाका प्रायः सबै देशले एक देशबाट अर्कोमा जानका लागि प्रतिबन्ध गरेको अवस्थामा एएफसीले स्वास्थ्यको ख्याल गरेर दुई महिनामा हुने प्रतियोगिताहरु सारेको बताएको छ । अहिले स्थगित भएका प्रतियोगिताका लागि अर्को विकल्पका रुपमा नयाँ मिति तोक्ने एएफसीले बताएको छ । यसका साथै एएफसीले सबै फुटबल संघलाई पनि कठिन परिस्थितीमा संयमित भएर र नकारात्मक कदम नउठाउन आग्रह गरेको छ ।

यसअघि पनि मार्च र अप्रिल महिनामा हुने भनिएको सबै प्रतियोगिता एएफसीले सारेको थियो । जसका लागि एएफसीले दिल्ली, दोहा, दुबई र क्वालालम्पुरमा बैठक पनि गरेको थियो । यता नेपालमा हुने भनिएका चाइनिज ताइपेई र अष्ट्रेलिया विचको खेल पनि स्थगित गरिएको एएफसीले जनाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);