कहाँ-कहाँ घुमे तीन संक्रमित ? | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कहाँ-कहाँ घुमे तीन संक्रमित ?

coronavirus test

काठमाडौं, १ वैशाख । पर्सामा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन जना भारतको दिल्ली र उत्तर प्रदेशका बासिन्दा हुन् । उनीहरू दिल्ली र उत्तर प्रदेशबाट फारबिसगन्ज (बिहार) हुँदै पुस २ गते १४ जनाको समूहमा नेपाल आएका थिए ।जोगवनी नाकाबाट भित्रिएका उनीहरू फारबिसगन्जबाट रेलमा आएका थिए ।

सप्तरीको बोदेबरसाइन नगरपालिका–५, जाजरमा फागुन ३ गते आयोजित अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलनलाई लक्षित गरेर नेपाल आएका उनीहरू केही दिन सुनसरीको दुहवीमा बसे। त्यहाँबाट सुनसरी सदरमुकाम इनरुवातर्फ लागे। करिब एक साताजति इनरुवामै बसेर उनीहरू सप्तरीको जाजरस्थित अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलनस्थलतर्फ गएका थिए। सबैतिर पुग्न उनीहरूले सार्वजनिक गाडी प्रयोग गरेका थिए।

उनीहरू सकभर मस्जिद भएका स्थानमै बस्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। सम्मेलन सकेर केही दिन उनीहरू त्यही मस्जिदमा बसेका थिए। उनीहरू मुस्लिम सम्मेलनपछि दिल्ली फिर्ता भएको आशंका गरिए पनि अनुसन्धानमा संलग्न अधिकारीहरूले उनीहरू दिल्ली नगएको दाबी गरेका छन्। मुस्लिम सम्मेलनबाट उनीहरू दिल्ली गए वा सिधै पर्सा गए भन्नेबारे खोजबिन भइरहेको छ। नेपाली सेना र प्रहरीका विशेष टोली यसको अनुसन्धानमा जुटेका छन्।

उनीहरू पर्साको सुगौलीलगायत तीनवटा मस्जिदमा पनि बसेको भेटिएको छ। सरकारले चैत ११ बाट देशभर लकडाउन घोषणा गरेको दुई दिनपछि (चैत १३ गते) उनीहरू पर्साको सुगौलीस्थित एक मस्जिदबाट वीरगन्ज महानगरपालिका–२, छपकैयास्थित श्रीराम हलनजिकै रहेको मस्जिद प्रवेश गरेको भेटिएको छ। उक्त मस्जिदमा कोरोना संक्रमण पुष्टि भएका तीन जनासहित २९ जना एकैपटक गएका थिए।

‘आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन जना पुस २ गते फारबिसगन्जबाट जोगवनी/रानी भन्सार हुँदै नेपाल भित्रिएका १४ जना भारतीय मुसलमानको समूहमा थिए,’ प्रहरी र सैनिक उच्च स्रोतले भन्यो, ‘नेपाल आएपछि सुनसरीको दुहबी, इनरुवा, सप्तरीको राजविराज तथा आसपास हुँदै वीरगन्ज आएको देखिन्छ। यकिन मिति र विवरण पत्ता लगाउन प्राविधिक अनुसन्धान भइरहेको छ।’

स्रोतका अनुसार पर्साका विभिन्न तीनवटा मस्जिद हुँदै वीरगन्जको मस्जिद पुगेका उनीहरूसँग को–को थिए भन्नेबारे अनुसन्धान भइरहेकाले यकिन भन्न नसकिने स्रोतले बतायो। पर्साबाट अन्य जिल्ला नगएको बयान उनीहरूले दिएका छन्। मस्जिदमा रहेका २६ जनालाई क्वारेन्टाइन र संक्रमित तीन जनालाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ। क्वारेन्टाइनमा रहेका तीन जनालाई शनिबार मस्जिदबाट नियन्त्रणमा लिएर वीरगन्जकै चिनी मिलस्थित सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा राखिएको छ। त्यहाँबाट भाग्नसक्ने आशंकामा उनीहरूलाई कडा सुरक्षा पहरा मिलाइएको छ।

उनीहरू दिल्लीको मस्जिदमा समेत सहभागी भएर आएको आशंकामा कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्रोतले बतायो। नेपाल प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले मस्जिदबाट क्वारेन्टाइन र आइसोलेसनमा राखिएका सबैको ट्राभल हिस्ट्री खोजबिनका क्रममा रहेको बताए। ‘यस विषयमा अनुुसन्धान भइरहेको छ, को–कहिले कहाँबाट आएका हुन् र कहाँ बसे भन्ने यकिन विवरण छिट्टै बाहिर ल्याउँछौं।’ संक्रमितसँग भेटघाट र संगत गर्ने सबैको खोजीमा सुरक्षाकर्मीहरू जुटेको उनले बताए। मातृका दाहालले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);