पर्यटक भिसामा कडाइ : तीन उत्तर कोरियाली निष्कासित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पर्यटक भिसामा कडाइ : तीन उत्तर कोरियाली निष्कासित

visa

काठमाडौं, ५ मंसिर । सरकारले गैरकानुनी ढंगमा नेपाल बस्दै आएका तीन उत्तर कोरियाली नागरिकलाई निष्कासन गरेको छ। पर्यटक प्रवेशाज्ञा (भिसा) मा आएका तीनैजना कम्युटर इन्जिनियर हुन्।

साउन ७ गतेसम्म पर्यटक भिसामा रहेका उनीहरू त्यसपछि गैरकानुनी बसेका थिए। उनीहरूलाई अध्यागमन विभागले गत साउन २८ गते निष्कासन गरेको थियो। नेपालमा अमेरिकीबाहेक अन्य मुलुकका नागरिक पर्यटक भिसामा एक सय ५० दिनभन्दा बढी बस्न पाउँदैनन्। उनीहरू ललितपुर सातदोबाटोमा उत्तर कोरियाली लगानीमा खोलिएको हिमाल चिल्बो नामक आईटी कम्पनीमा काम गर्न आएका थिए। निष्कासित हुनेमा आन प्योनोयाङ, क्वान जुङ मिन र क्वान गुक छन्।

नेपाल सरकारले उत्तर कोरियालीमाथि कडाइ गरेको पत्तो पाएपछि उनीहरू भिसाबारे बुभ्mन अध्यागमन विभागमा पुगेको स्रोतले बताएको छ। विभागले तीन सातादेखि उत्तर कोरियाली भिसाबिनै नेपाल बसेको थाहा पाएपछि उनीहरूलाई निष्कासन प्रक्रिया थालेको थियो।

विभागका निर्देशक रामचन्द्र तिवारीले गैरकानुनी ढंगले बसेका तीन उत्तर कोरियालीलाई निष्कासन गरेको पुष्टि गरे। उनले अन्नपूर्णसँग भने, ‘ओभर स्टे’ भएकालाई निष्कासन गर्नु सामान्य प्रक्रिया हो। उत्तर कोरियाली मात्र होइन अन्य धेरै मुलुकका नागरिक निष्कासित भएका छन्।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);