जितपुर सिमरा उपमहानगर : २ सय २२ मत अन्तरले एमालेलाई पछ्याउँदै माओवादी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

काठमाण्डौँ, ३ असोज । जितपुर सिमरा उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार एमालेका कृष्ण पौडेल ६६२ मतका साथ अग्रस्थानमा रहेका छन् ।

त्यस्तै दोस्रो स्थानमा माओवादी केन्द्रका राजन पौडेल ४४० मतले अगाडि बढिरहेका छन् भने कांग्रेसका कृष्ण ब्रत सिंह ४२५ का साथ तेस्रो स्थानमा रहेका छन् । अग्रस्थानमा रहेको एमाले र दोस्रो स्थानमा रहेको माओवादीबीच २२२ मतको अन्तर रहेको छ ।

प्रदेश नम्बर २ मा जम्मा तीन वटा उपमहानगरपालिका छन् । ती मध्ये जितपुर सिमरा र जनकपुर उपमहानगरपालिकामा मतगणना भईरहेको छ भने कलैया उपमहानगरमा मतगणना सुरु भएको छैन ।