हावा भर्ने क्रममा टायर पड्किँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हावा भर्ने क्रममा टायर पड्किँदा एक जनाको मृत्यु

वीरगन्ज, २५ असोज । गाडीको टायरमा हावा भर्ने क्रममा टायर पड्किँदा एकजनाको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नं १५ स्थित बाईपास सडकखण्डमा रहेको टायर पन्चर बनाउने पसलमा कार्यरत एक जनाको हावा भर्ने क्रममा टायर पड्किँदा मृत्यु भएको हो ।

मृत्यु हुने व्यक्ति जितपुर-सिमरा उपमहानगरपालिकाका ऋषि चौधरी रहेका हुन् । साल्ट ट्रेडिङ कर्पोरेसनको आयो नुन बोकेका ना ३ ख ४०३५ नम्बरको ट्रकको टायर बनाउने क्रममा टायर रहेको रिङ पड्किँदा घटना स्थलमै उनको मृत्यु भएको छ भने अर्को ट्रक चालक समान्य घाईते भएका छन् ।

मृतक व्यक्तिलाई पोस्ट मार्टमका लागि नारायणी अस्पतालमा पठाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);