उपमहानगरको पहिलो मतपरिणाम: एमाले अगाडि, कांग्रेस-माओवादीबीच ३ को अन्तर | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

बारा, ३ असोज । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो पटक उपमहानगरको मत परिणाम सार्वजनिक भएको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा एमाले अग्रस्थानमा देखिएको छ । एमालेका कृष्ण पौडेल १२३ मतका साथ अगाडि लागेका छन् भने कांग्रेसका कृष्णव्रत सिंहले ६८ मतका सथा पछ्याईरहेका छन् । त्यस्तै माओवादी केन्द्रका राजन पौडेल ६५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

प्रदेश नं. २ मा एक महानगरपालिका र तीन उपमहानगरपालिका रहेका छन् । वीरगंज महानगरमा मत गणना सुरु हुन सकेको छैन। जनकपुर उपमहानगरमा पनि विवाद पछि गणना सुरु भएको छैन। बाराकै कलैया उपमहानगरको गणना नतिजा आएको छैन।