उद्योग मन्त्रालयद्वारा कुलेश्वर क्षेत्रका खाद्यान्न भण्डारमा अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उद्योग मन्त्रालयद्वारा कुलेश्वर क्षेत्रका खाद्यान्न भण्डारमा अनुगमन

काठमाडौं, २६ चैत । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोलीले बुधवार राजधानीको कुलेश्वरमा निजी क्षेत्रबाट सञ्चालित  खाद्यान्न भण्डारहरुको अनुगमन गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र वाणिज्य सचिव डाक्टर बैकुण्ठ अर्यालसहितको टोलीले चामल, पिठो, गेडागुडी, चिनी, फलफूल लगायतका गोदाममा मौज्दात अवस्था र बजारको मागबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ ।
अनुगमनकाक्रममा मन्त्री भट्टले लकडाउनका बेला व्यवसायीले भोग्नु परेको समस्या र सरकारले गर्नु पर्ने सहजीकरणबारे व्यवसायीसंग छलफल गर्नुभएको जनाइएको छ ।  अनुगमनका क्रममा मन्त्री भट्टले मुलुकको संकटपूर्ण अवस्थामा सरकारलाई सहयोग गर्न आग्रह गर्दै अनुचित कार्यलाई सरकारले हदैसम्म निरुत्साहित गर्ने  बताउनुभएको थियो ।
व्यवसायीले मन्त्री भट्टसंग  खाद्यन्न ढुवानी गर्ने सवारी चालक तथा सामान लोड गर्ने श्रमिकका लागि पास नहुँदा ढुवानीमा समस्या भएको गुनासो गरेका थिए ।
व्यवसायीहरुले खाद्य वस्तुको मौज्दात राम्रो रहेको, स्थानीय उत्पादन पनि बजारमा आएको र आयातमा समस्या नभएको  मन्त्री भट्टलाई  जानकारी गराएका थिए ।
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);