निक साइमन्स इन्सटिच्युटद्वारा सरकारलाई १० थान पोर्टेबल भेन्टिलेटर सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

निक साइमन्स इन्सटिच्युटद्वारा सरकारलाई १० थान पोर्टेबल भेन्टिलेटर सहयोग

ventilator sahayog

काठमाडौं, २५ चैत । कोरोना भाइरस संक्रमण भएका बिरामीलाई उपचार गर्न निक साइमन्स इन्स्टीच्युटले सरकारलाई १० थान पोर्टेबल भेन्टिलेटर उपलब्ध गराएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सिंहदरबारस्थित कार्यलयमा इन्स्टीच्युटका कार्यकारी निर्देशक डा. अनिलबहादुर श्रेष्ठले १० थान भेन्टिलेटर उपलब्ध गराउनुभएको हो ।

इन्स्टीच्युटले यसअघि पनि विभिन्न ४७ वटा अस्पतालहरुमा स्वास्थ्य सेवा विभागको समन्वयमा १ हजार थान पीपीइ सेट उपलब्ध गराएको थयो । पोर्टेबल भेन्टिलेटर बुझ्दै मन्त्री ढकालले संकटका बेला उपलब्ध भएका स्वास्थ्य सामग्रीहरु महत्वपूर्ण हुने बताउनुभयो ।

मन्त्री ढकालले उपलब्ध १० वटा भेन्टिलेटरहरु मध्ये २ थान सूदुरपश्चिम प्रदेशमा, २ थान गण्डकी प्रदेश, २ थान बुटवलमा पठाउने र ४ थान काठमाडौं मै जगेडामा राखिने बताउनुभयो ।

भेन्टिलेटर विरामीलाई सास फेर्न मद्दत गर्ने मेसिन भएकाले कोरोना भाइरसको संक्रमण भएका विरामीलाई उपचार गर्न महत्वपूर्ण हुन्छ ।

portable ventilator

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);