कांग्रेसद्वारा कोरोनाको ‘स्व–परीक्षण एप’ सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेसद्वारा कोरोनाको ‘स्व–परीक्षण एप’ सार्वजनिक

congress app corona

काठमाडौं, २४ चैत । नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण गर्न सक्ने ‘स्व–परीक्षण वेब एप’ सार्वजनिक गरेको छ । कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले विशेषज्ञ चिकित्सकहरुको परामर्शमा वेब सञ्चालनमा ल्याएको जनाएको छ ।

वेब एपले कोरोना भाइरस संक्रमणको लक्षण रहे नरहेको आफैं परीक्षण गर्न सक्नुका साथै कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने, नदेखिए मानसिक तनावबाट मुक्ति दिलाउन सघाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

नागरिकमा कोरोना जोखिमबारे सचेतना थप अभिवृद्धि गराउन र सरकारलाई सघाउन एप बनाइएको कांग्रेसले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);