सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालबाट कोरोनाको परीक्षण र उपचार निःशुल्क | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालबाट कोरोनाको परीक्षण र उपचार निःशुल्क

काठमाडौं, २८ कार्तिक । सरकारले सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ । रोगको लक्षण वा चिह्न देखिएका विरामीले मात्र परीक्षण र उपचारको निःशुल्क सेवा पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पस्ट पारेको छ ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कोरोना बिमा गरेकाहरुको हकमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोर्ने गरी व्यवस्था मिलाएको जनाएको छ । त्यस्तै सरकारले सक्षम, इच्छुक र योगदान गर्न चाहनेलाई कोरोना परीक्षण र उपचारमा सहयोग गर्न आह्वान पनि गरेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);