थाइल्याण्ड र मलेसियन भारत्ताेलन खेलाडीलाई ओलम्पिकमा प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

थाइल्याण्ड र मलेसियन भारत्ताेलन खेलाडीलाई ओलम्पिकमा प्रतिबन्ध

एजेन्सी, २४ चैत । निषेधित औषध प्रयोगका कारण थाइल्याण्ड र मलेसियाका भारत्तोलन खेलाडीले अर्को बर्ष हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन ।

अन्तराष्ट्रिय भारोत्तोलन महासंघ आइडब्लुएफले निषेधित औषधीको डोपिङ परिक्षणमा असफल भएको कारण थाइल्याण्ड र मलेसियाका भारत्तोलन खेलाडीले अर्को बर्ष हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन प्रतिबन्ध लगाएको हो ।

डोपीङमा असफल भएका ती खेलाडीलाई केहि समयको प्रतिबन्ध पनि लगाएको छ । थाइ भारत्तोलन संघले आफ्ना खेलाडीलाई तीन बर्ष तथा मलेसियन भारत्तोलन संघले दुई बर्षका लागि प्रतिबन्ध लगाउँदै कुनैपनि खेल गतिविधीमा सहभागिता जनाउन नपाउने गरि निलम्बन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);