डब्लुएचओको निर्देशिका अवरोध: विज्ञ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २३ २०८१, आइतबार

डब्लुएचओको निर्देशिका अवरोध: विज्ञ

WHOL

काठमाडाैं, २४ चैत । स्थानीय संक्रमणको पहिलो केस शनिबार सार्वजनिक भएपछि कोभिड १९ को महामारी फैलनबाट रोक्न व्यापक परीक्षणको आवश्यकता झनै बढेको छ। तर विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले कोरोना संक्रमितको पहिचानसम्बन्धमा तोकेको व्यवस्था र यसको परिभाषा नै नेपालमा परीक्षण दायरा व्यापक बनाउन अवरोध भएको सम्बन्धित विशेषज्ञले बताएका छन्।

संगठनले रोगका लक्षण देखिएका, संक्रमित देशबाट नेपाल आएका र संक्रमितको सम्पर्कमा भएका तथा रोग लाग्न सक्ने जोखिमका रहेका ६० वर्षमाथिको उमेर समूहलाई विशेष ध्यान दिनुपर्ने बताउँदै आएको छ र उसको निर्देशिकामा पनि यही उल्लेख छ। तर पछिल्ला अध्ययनहरुले रोगको लक्षण नै नदेखिएका व्यक्तिलाई पनि संक्रमण भएको देखाएका छन्।

‘नेपालका स्वास्थ अधिकारीहरु संगठनका निर्देशनमा बढी भर पर्ने देखिएको छ,’ सरुवा रोगसम्बन्धी विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘यस्तो स्थितिमा स्थानीय अवस्था र आवश्यकता ओझेलमा पर्न सक्छन्। हामीले हाम्रा समस्या समाधानका विषयमा स्वतन्त्र रुपमा चिन्तन गर्नुपर्छ भन्ने नै देखिएन।’

चीन र दक्षिण कोरियाले व्यापक रुपमा समुदायस्तरमा परीक्षण थाल्दा विश्व स्वास्थ्य संगठनले के भन्छ भनेर नकुरी विवेक प्रयोग गरेर उचित निर्णय लिएको बताउँदै सुवेदीले थपे, ‘संगठनको भन्दा पनि बढी दोष हाम्रै हो किनभने जबसम्म अरुले केही भन्दैनन्, त्यति बेलासम्म हामी चुप लागेर बस्छौं।’ रोगका लक्षण नदेखिईकन चीनको वुहानकी २० वर्षीया महिलाले परिवारको पाँचजनालाई यो भाइरस सारेको सबैभन्दा पहिलो केस गत फेब्रुअरीमा सार्वजनिक भएको थियो।

सरुवा रोग तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरु भने विश्व स्वास्थ संगठनले रोगका लक्षण देखिएमात्र परीक्षण गर्ने भने पनि वुहानवाट उद्धार गरिएका १ सय ८५ जना र विभिन्न हवाईसेवाबाट आएका ९४ जनालाई खरिपाटीमा क्वारेन्टाइनमा राखेर रोगको लक्षण नहुँदानहुँदै पनि परीक्षण भएको बताउँछन्। श्रीराम सुवेदीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);