कोरोनाबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध हुन देउवाको अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोनाबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध हुन देउवाको अपिल

deuba

काठमाडौं, २३ चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणविरुद्ध जुध्न एक भएर अगाडि बढ्न पूर्वप्रधानमन्त्रीहरुलाई आग्रह गर्नुभएको छ ।

देउवाले आइतबार ५ पूर्वप्रधानमन्त्री र एक मन्त्रिपरिषद्का अध्यक्षलाई टेलिफोन गरी संकटको एकताबद्ध भएर सामना गर्ने प्रस्ताव गर्नुभएको हो ।

देउवाले पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द तथा तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोन संवाद गर्दै नेपाल र नेपालीलाई जोगाउन एक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गर्नुभएको हो ।

सभापति देउवाले ट्वीट गर्दै कोरोनाको महामारीविरुद्ध एक भएर अगाडी बढ्न अपिल गरेको उल्लेख गर्नुभएको छ ।

deuba tweet

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);