चार्टर्ड उडानमार्फत विदेशी नगरिक स्वदेश फर्किदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चार्टर्ड उडानमार्फत विदेशी नगरिक स्वदेश फर्किदै

qatar airways

काठमाडौं, २२ चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार विभिन्न देशका जहाजले चार्टर्ड उडान मार्फत आफ्ना नागरिकलाई स्वदेश लगेकाछन् । जर्मनी र फ्रान्स दूतावासले कतार एयरको दुईवटा जहाज चार्टर्ड गरी आफ्ना नागरिकलाई नेपालबाट लगेका हुन् ।

त्यस्तै, मलेसियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलंकन एयरले शनिवार चार्टर्ड उडान गरेर नेपालमा फसेका आ–आफ्ना नागरिकलाई स्वदेश लगेका छन् । कतार एयरवेजको जहाज दोहाहुँदै पेरिस पुग्ने तालिका रहेको विमानस्थलले जनाएको छ ।

नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा रहेका नागरिकलाई काठमाडौँ जम्मा गरी सम्बन्धित मुलुक फर्कनका लागि सहजीकरण गरिरहेको छ । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावास मार्फत् नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडान मार्फत् लगिरहेका हुन् ।

लकडाउनको १२ दिनको अवधिमा एक हजार पाँच सयभन्दा बढी विदेशी नागरिकले चार्टर्ड विमानबाट नेपाल छाडिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);