बागलुङकी कोरोना संक्रमित किशोरीको परिवारका पाँच जनाको रिपोर्ट नेगेटिभ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

बागलुङकी कोरोना संक्रमित किशोरीको परिवारका पाँच जनाको रिपोर्ट नेगेटिभ

corona virous

बागलुङ, २० चैत । कोरोना संक्रमण पुष्टी भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक किशोरीको परिवारका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

धौलागिरी अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँगै आएकासहित ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौ पठाएको थियो ।

परीक्षणका लागि पठाइएको किशोरीका बुबा, हजुरबुबा, दाजु, दिदी र फुपुको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डण्ट डाक्टर शैलेन्द्र बि. पोख्रेलले जानकारी दिए । अन्य रिपोर्टहरु आज आउने डाक्टर पोख्रेलले बताए ।

कोरोना पुष्टी भएकी युवतीको स्वास्थ्य सामान्य रहेको उनको भनाई छ । बागलुङकी युवती गत चैत्र ५ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);