कोरोना संक्रमण फैलिन नदिन तरकारी बजारमा थप सर्तकता | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

कोरोना संक्रमण फैलिन नदिन तरकारी बजारमा थप सर्तकता

tarkari bazar anusasit

काठमाडौं, १८ चैत । कोरोना संक्रमण फैलिन नदिन तरकारी बजारहरुले पनि थप सर्तकता अपनाएका छन् । सरकारले लकडाउनको समयमा पनि तरकारी लगायतका अत्यावश्यक सामाग्रीका पसल खोल्न अनुमति दिएकाले बिहान सांझ सर्वसाधरणको तरकारी बजारमा भीड बढ्न थालेपछि बजार व्यवस्थापन समितिहरुले थप सर्तकता अपनाउन थालेका हुन् ।

उनीहरुले कम्तिमा ३ फिट टाढा बस्नुपर्ने नियमलाई पालना गर्न गराउनका लागि तीन फिटको दुरीमा सेतो गोलो घेरा लगाएका छन् । तरकारी किन्न जाने सबैले उक्त गोलो घेरामा बसि तरकारी लिनुपर्ने हुन्छ ।

समाजकल्याण परिषद्द्धारा सञ्चालित काठमाण्डौको भृकुटीमण्डपस्थित इच्छुमति कृषि तरकारी बजारमा प्रवेशद्धार र बाह्यद्धार भिन्ना भिन्नै बनाईएको छ । सांझ बिहान तरकारी किन्नेहरुको भीड बढ्न थालेपछि सामाजिक दुरी कायम गराउनका लागि व्यवस्थापन समितिले निश्चित मापदण्ड बनाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);