औधषि लिएर जिल्लामा पुग्दै कर्णाली सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

औधषि लिएर जिल्लामा पुग्दै कर्णाली सरकार

medicine-karnali
विवश कुमार सेजुवाल
सुर्खेत, १८ चैत । (कोभिड-१९) कोरोना भाइरस रोकथामको लागि संघिय सरकार मार्फत चीन सरकारबाट आएको औषधि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल अहिले कर्णाली प्रदेशका जिल्लाहरुमा पु¥याउनको लागि जिल्ला दौडाहामा रहनु भएको छ । ।
मंगलबार विहान डोल्पा औषधि पु¥याएर आउनु भएका मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावल मंगलवार अपरान्ह हुम्ला र मुगुको लागि फेरी सुर्खेतबाट उड्नु भएको थियो । कोरोना रोक थामको लागि प्रदेश सरकारले ग्रामिण क्षेत्रमा औषधि अभाव हुन नदिनको लागि आफुहरु कर्णालीका जिल्लाहरुमा आफै पुग्ने गरेको उहाँहरुले बताउनु भयो ।

हतारमा देखिनुभएका मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले छोटो प्रतिक्रिया दिदै आफुहरु कर्णाली प्रदेशका जिल्लाहरुमा औषधि दिनको लागि जान लागेको पनि सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);