एजेन्सी, १० चैत । क्यानडा र अष्ट्रेलियाले ओलम्पिक खेलकुद स्थगित नभए आफ्ना खेलाडी नपठाउने स्पष्ट गरेका छन् । क्यानडा र अष्ट्रेलियाले ओलम्पिक खेलकुद स्थगित नभए आफ्ना खेलाडी नपठाउने स्पष्ट गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यसबाट ओलम्पिक आयोजनाबारे निर्णय गर्न जापानमाथि दवाव परेको छ ।
आगामी जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेको टोकियो ओलम्पिक निर्धारित समयमै गर्ने जापानले बताईरहँदा क्यानडा र अष्ट्रेलियाले आफ्ना खेलाडी नपठाउने स्पष्ट गरेका छन् ।
लगत्तै जापानका प्रधानमन्त्री सिन्जो अबेले पनि पहिलो पटक सोमबार संसदमा ओलम्पिकको आयोजना पछि सार्ने संकेत दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
क्यानडा र अष्ट्रेलियाले पहिलो प्राथमिकता खेलाडीको स्वास्थ्य रहेको जनाउँदै त्यसमा खेलवाड नगर्ने स्पष्ट गरेका छन् । विभिन्न खेलका सर्वोच्च संस्थाले पनि ओलम्पिक्स सार्नु पर्ने सुझाव दिदैं आएका छन् । यस्तो अवस्थाले सन् २०२० को टोकियो ओलम्पिक आयोजना सार्न आयोजक जापानमाथि ठुलो दवाव परिरहेको छ ।




