काठमाडौं, ९ चैत । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा १३ दिनका लागि बन्द गरेको छ । कोरोना भाईरस रोकथाम उच्चस्तरिय समितिको सिफारिसमा सरकारले आइतवारदेखि लागु हुने गरि यही चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गराएको हो ।
विद्यालय, निजी संघसंस्था, कलकारखाना लगायतका सेवा बन्द भएका हुन् । गत शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना संक्रमण भित्रन नदिन सरकार गम्भीर रुपमा लागेकाले सरकारको घोषणामा साथ दिन सम्पूर्ण जनतामा अपिल गर्नुभएको थियो ।
अत्यावश्यक सेवा अन्तर्गत रहेका अस्पाताल तथा स्वास्थ्य केन्द्र, बैक, बिमा, बिद्युत, दैनिक उपभोग्य बस्तुको ढुवानी, वितरण र भण्डारन सेवा, फोहोर मैला संकलन, औषधि उत्पादन तथा वितरणण र छोटो दुरीका यातायतको सेवा भने सुचारु हुनेछ । त्यस्तै प्रिन्ट र छापाखाना, सञ्चार सेवा, आन्तरिक सुरक्षा सम्बन्धी सेवा, पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण, खानेपानी सञ्चालन तथा वितरण र पर्यटन आवास लगायतका सेवा पनि सञ्चालन हुनेछन् ।
२ सय ५० किलोमिटरभन्दा लामो दुरीका सबारी सञ्चालनमा समेत सरकारले सोमवार देखि रोक लगाउँदैछ ।सरकारले सक्रमणको रोकथामका लागि लागु गरिएको निर्णयको पालना गर्न आम सर्वसाधारणमा आग्रह समेत गरेको छ ।