सोमबारदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सोमबारदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक

lamo duri gadi

काठमाडौं, ९ चैत । सोमबारदेखि लामो दुरीका सार्वजनिक सवारी साधन रोकिएपनि नीजि सवारी साधन भने नरोकिने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रवार देशबासीका नाममा सम्बोधन गर्दै चैत १० गतेबाट लामो दूरीका सबै किसिमका यात्रुबहाक सवारीलाई रोक्ने घोषणा गर्नुभएको थियो । तर त्यसलाई स्पष्ट गर्दै प्रधानमन्त्री कार्यालयले लामो दूरीमा यात्रा गर्ने यात्रुबाहक निजी सवारीलाई भने नरोक्ने बताएको छ ।

सोमबारदेखि काठमाडौं उपत्यकाको नाकाहरुबाट जान र आउन नपाउने गरी सार्वजनिक यातायातका साधन बन्द हुनेछन् । कोरोना भाइसरको त्रासका कारण गत बुधवार यता ५ लाख २६ हजार भन्दा बढीले काठमाण्डौ उपत्यका छाडेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);