बाराको जितपुर सिमरामा १ सय २ बेडको आइसोलेसन वार्ड बन्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

बाराको जितपुर सिमरामा १ सय २ बेडको आइसोलेसन वार्ड बन्दै

श्याम गुप्ता
बारा, ८ चैत । बारास्थित जितपुरसिमरा उपमहानगरपालिकाले ७२ घण्टा भित्र सञ्चालन गर्ने गरी कोरोना संक्रममितका लागि आईसोलेसन वार्ड बनाउन लागेका छ । जितपुरसिमरा उपमहानगरपालिका २ पथलैया नजिक बन्दे गार्मेन्ट उद्योगलाई आईसोलेसन वार्डको रुपमा सञ्चालन गर्न लागिएको हो ।

कोरोना भाईरसको जोखिम न्यूनीकरण गर्न बारामा ७२ घण्टाभित्र संचालनमा ल्याउने गरी आईसोलेसन वार्ड निर्माण गर्न थालिएको छ । जितपुर– सिमरा उपमहानगरपालिकासंग जोडिएको पूर्वपश्चिम राजमार्ग र वीरगञ्ज पथलैया सडक खण्डमा धेरै यात्रुको आवत जावत हुने गर्दछ।

यससंगै सिमरा विमानस्थलबाट समेत नजिकको स्थान भएकोले वार्ड निर्माण गर्न लागिएको हो । उक्त स्थानको सरसफाई एवम् भौतिक पूर्वाधारका लागि तीब्र गतिमा कार्य अघि बढाईएको छ ।

आईसोलेसनको आर्थिक एवम् भौतिक पूर्वाधार नगरपालिकाको रहने गरी प्राविधिक एवम् अन्य परामर्शका लागि नेपाली सेना र नगरका स्वास्थ्य कर्मचारीहरु परिचालन गरिने छन् ।

विगत लामो समयदेखि बन्द गार्मेट स्थल सुरक्षित रहेको भन्दै नगरले हाल १ सय २ बेडको आईसोलेसन वार्ड बनाउन लागेको हो । थप आवश्यश्क बेड संख्या बढाउन समेत सकिने भएको छ । यस कार्यका लागि स्थानीय प्रशासनले समेत समन्वयको भूमिका निर्वाह गरिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);