विश्वमा कोरोनाबाट ज्यान जानेको संख्या १० हजार नाघ्यो, इटालीमा मात्रै ३ हजार ४ सय बढी | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

विश्वमा कोरोनाबाट ज्यान जानेको संख्या १० हजार नाघ्यो, इटालीमा मात्रै ३ हजार ४ सय बढी

corona

एजेन्सी, ७ चैत । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ । इटालीमा कोरोना संक्रमणबाट एकैदिनमा ४ सय २७ जनाको ज्यान गएपछि त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यो संख्या कोरोना भाइरसको संक्रमण सुरु भएको चीनको भन्दा बढी हो । चीनमा कोराना भाइरसबाट अहिलेसम्म ३ हजार २ सय ४९ जनाको ज्यान गएको तथ्यांक छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण १ सय ७९ देशमा देखिएको छ ।

अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट विश्वभर १० हजार ४० जनाको मृत्यु भइसकेको छ । त्यसैगरी बिश्वभर २ लाख ५० हजार जनामा संक्रमण देखिएको छ । इटाली र चीनपछि कोरोनाको संक्रमणबाट इरानमा १ हजार २ सय ८४, स्पेनमा ८ सय ३१, फ्रान्समा ३ सय ७२, अमेरिकामा २ सय १४, बेलायतमा १ सय ४४, दक्षिण कोरियामा ९१, नेदरल्याण्डमा ७६ र जर्मनीमा ४४ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी कोरोनाले भारतमा ४ जनाको ज्यान गएको छ । भारतले आउँदो आइतबार १४ घण्टा ‘जनता कर्फ्यु’ घोषणा गरेको छ । आइतबार बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्किएर जनता कर्फ्यु पालना गर्न प्रधानमन्त्री नरेन्दै मोदीले आग्रह गरेका छन् ।  जनता कर्फ्युको अनुभव र सफलताले कोरोना भाइरस संक्रमणको चुनौती सामना गर्न तयार पार्ने मोदीको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);