काठमाडौं, ५ चैत । नेपाली राष्ट्रिय फुटबल टिम र इंग्ल्यान्डको ’सी’ टिमबीच तय भएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै मैत्रीपूर्ण खेल रद्द भएको हो । अखिल नेपाल फुटबल संघ एन्फा र इंग्ल्यान्ड फुटबल संघबीच मैत्रीपूर्ण खेल सहित फुटबल विकासमा सहकार्य गर्ने बारेमा जनवरीमा प्रारम्भिक सहमती पत्रमा हस्ताक्षर भएको थियो । सोही अनुसार नेपालको राष्ट्रिय फुटबल पुरुष टिम र इंग्ल्यान्डको ’सी’ टिमबीच इंग्ल्याण्डको एल्डरसटमा मे २५ मा मैत्रीपूर्ण खेल खेलाउने मिति तय भएको थियो ।
तर, कोरोनाको प्रभावका कारण सो खेल रद्द गरिएको एन्फाले जनाएको छ ।नेपालले अर्को वर्ष सो खेल आयोजनाको प्रस्ताव इंग्ल्यान्डको ’सी’ टिमसँग राखेको छ ।