नियमित तालिका अनुसार नै एसइइ परीक्षा सञ्चालन हुन्छ : मन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नियमित तालिका अनुसार नै एसइइ परीक्षा सञ्चालन हुन्छ : मन्त्री खतिवडा

काठमाडौं, ४ चैत । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) नियमित तालिकामै सञ्चालन हुने बताएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम भएपनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो ।

सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै नियमित तालिका अनुसार नै एसइइ परीक्षा सञ्चालन हुने बताउनुभयो ।

उहाँले शिक्षा मन्त्रालयले समेत परीक्षा नियमित तलिका अनुसार नै सञ्चालन हुने गरी व्यवस्थापकीय तयारी गरिरहेको समते बताउनुभयो । कोरोना भाइरको संक्रमण देखिएका मुलुकमा समेत परिक्षाहरु सञ्चालन भइराखेको उल्लेख गर्दै विद्यार्थीमा समस्या देखिए छुट्टै व्यवस्था गरेर पनि सरकारले परिक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘एसइइलाई अहिले हामीले तालीकामै लैजाने भनेर शिक्षा मन्त्रालयले बक्तव्य जारी गरिसकेको छ । कोरोनाको संक्रमण देखिएका मुलुकहरुमा पनि परीक्षा नियमित रुपमा नै भएका छन् । त्यो परीक्षा गरिरहँदा केही पूर्व तयारी हामीलाई चाहिन्छ । जस्तो परीक्षा हलमा प्रवेश गर्दा समान्य ज्वरो नापेर पठाउने । यदि शंका लाग्यो भने हामीले आइसोलेटेड रुममा राखेर त्यस्तो रुममा पनि निश्चित फरक दुरीमा विद्यार्थीहरुलाई राखेर परीक्षा लिने र त्यसको लागि स्वास्थ्यकर्मिहरु खटाउनु पर्ने ठाउँमा खटाउने र प्रदेश र स्थानीय तहको पनि त्यहाँनिर भूमिका हुन्छ ।’

चैत्र ६ गतेदेखि नै नियमित तालिका अनुसार यथावत रुपमा परीक्षा सञ्चालन हुने उहाँले बताउनुभयो । यस वर्ष ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थीहरु एसइइ परीक्षामा सहभागि हुँदै छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);