शंकास्पद व्यक्तिमाथि कोरोनाको परीक्षण नगरी सरकारले जनतालाई धोका दिएकाे डा. सुन्दरमणिको आरोप | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

शंकास्पद व्यक्तिमाथि कोरोनाको परीक्षण नगरी सरकारले जनतालाई धोका दिएकाे डा. सुन्दरमणिको आरोप

काठमाडौं, ४ चैत । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एकजनामा पनि नदेखिएको बताइरहेका बेला वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले भने शंकास्पद व्यक्तिमाथि कुनैपनि परीक्षण नभएको आरोप लगाउनुभएको छ ।

कोरोना भाइरसका विषयमा मंगलबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै डा. दिक्षितले भाइरस परिक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो ‘हामीलाई के भनिएको छ भने हाम्रोमा त आएकै छैन । एउटालाई मात्रै देखिएको थियो । नेपालमा त कोरोना भाइरस छँदैछैन् । टेस्ट नै नगरेपछि कहाँबाट हुन्छ त ?’

उहाँले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको दावी समेत गर्नुभयो । उहाँले सरकारसँग भएका केही किटहरु भिआइपीको परीक्षणका लागि मात्र प्रयोग गरिएको आरोप समेत लगाउनुभयो ।

उहाँले भन्नुभयो ‘अझ खतरनाक कुरा जो जति किट छ रे त्यो खालि भिआइपीको लागि त्यो कति सत्य हो त्यो चाहिं भन्न सक्दिन र अरु तीनवटा कुरा चाहिं विलकुल सत्य हुन् ।’

एकदिन अघि मात्रै इटलीबाट प्रशिक्षणका लागि आएका एकजना व्यक्तिलाई ज्वरो र खोकी लागेको भएपनि सरकारले परीक्षण नगरिदिएको उहाँले बताउनुभयो । उहाँले आफ्नो अस्पतालमा अझैपनि ३ जना शंकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परिक्षण नगरिदिएको आरोप समेत लगाउनुभयो ।

साक्षात्कारमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले भने कोरोना भाइरसको सन्त्रास देखाएर कालोबजारी गर्नेहरुलाई कारबाही गरिरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो ‘डरलाग्दो ढंगले हस्तक्षेप गर्छौ हामी की कुनैपनि भोलीका दिनमा कालोबजारी गरेको पाइएमा र कसैले पनि यहि मौकालाई छोपेर कमाउने धन्दामा लाग्ने, कृतिम अभाव सिर्जना गर्ने गरेको पाइएमा हामी कुनैपनि हालतमा पनि छोड्दैनौं । कठोर भएर निर्दयीपूर्वक प्रस्तुत हुन्छौं । राज्यले यसमा कम्प्रमाइज गर्दैन । कुनैपनि व्यापारी व्यवसायी उत्पादक कसैलाई पनि त्यो सहुलियत छैन । कसैलाई पनि त्यो मौका आउने छैन् ।’

कालोबजारी गर्ने व्यापारी, व्यवसायी, उत्पादक कसैलाई पनि छुट नहुने भन्दै गलत गर्नेमाथि कारबाही हुनेमा विस्वस्त हुन पोखरेलले आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);