एजेन्सी, ३ चैत । पाकिस्तान र बंगलादेशबीचको एकदिवसीय र टेष्ट क्रिकेट श्रृखला स्थगित भएको छ ।
विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण आगामी महिना पाकिस्तानमा हुने तय भएको एकदिवसीय र टेष्ट क्रिकेट श्रृखला खेल स्थगित भएको हो ।
दुई टोलीबीच कराँचीमा दोस्रो टेष्ट र एक एकदिवसीय सिरिज खेल्ने तालिका रहेको थियो । तर, कोरोनालाई मध्येनजर गर्दै दुबै देशका क्रिकेट बोर्ड सिरिज स्थगित गर्न सहमत भएका छन् । दुई टिमबीच अप्रिल ३ मा एकदिवसीय र ५ अप्रिल देखि ९ सम्म दोस्रो टेष्ट खेल्ने तालिका रहेको थियो ।